September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलक पूर्व खेलाडी ग्लेन जोन्सनले फ्रेन्च स्टार किलियन एम्बाप्पे भित्र्याउन आर्थिक रुपमा तयारी अवस्थामा बस्न आग्रह गरेका छन्।

एम्बाप्पे आगामी समर ट्रान्सफर विन्डोमा फ्री ट्रान्सफरका लागि उपलब्ध हुने भएपनि उनलाई भित्र्याउन ठूलो आर्थिक श्रोतको प्रयोग हुने हुँदा लिभरपुल त्यसको लागि तयार बस्नु पर्ने जोन्सनको सुझाव छ।

एक कुराकानीका क्रममा जोन्सनले बताएकी एम्बाप्पे भित्र्याउन १ सय ५० मिलियन पाउण्ड सम्म खर्च हुन्छ र त्यसको लागि लिभरपुलले अहिले देखि नै जोहो गर्न सुरु गर्नु पर्ने बताए।

“म निश्चित रूपमा देख्न सक्छु एम्बाप्पेले लिभरपुल रोज्न सक्छन्। एम्बाप्पेले लिभरपुल रोज्ने हो भने लिभरपुलले ठूलो रकम खर्च गर्नुपर्नेछ। फ्री ट्रान्सफरमा उपलब्ध हुने भएपनि एम्बाप्पे भित्र्याउन १ सय ५० मिलियन पाउण्ड सम्म खर्च हुन सक्छ। जसको आधा रकम एजेन्ट चार्ज हुन सक्छ।”,जोन्सनले भने।

एम्बाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। एम्बाप्पे र पिएसजी बीचको पछिल्लो सम्झौतामा एक वर्ष थपको विकल्प रहेपनि त्यसको लागि दुई पक्ष बीच सहमति जुट्न सकिरहेको छैन।

एम्बाप्पे धेरै पहिले देखि स्पेनिस महारथी रियल म्याड्रिडसंग जोडिएका छन्। पिएसजी छाडेपछि उनी अन्यत्र भन्दा पनि रियल जाने सम्भावना बढी रहन्छ। तर रियल नगएको खण्डमा एम्बाप्पे लिभरपुल जाने चर्चा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *