September 20, 2024

एजेन्सी – गत समर ट्रान्सफर विन्डोमा साउदी अरेबिया पुगेका पूर्व लिभरपुल कप्तान जोर्डन हेन्डरसन युरोप फर्किने भएका छन्। यस सिजनको सुरुवातमा साउदी क्लब अल इत्तिफाक पुगेका जोर्डन हेन्डरसन युरोप फिर्ता हुने भएका हुन्।

जोर्डन हेन्डरसन डच क्लब आयक्स आवद्ध हुने पक्का भएको छ। हेन्डरसन र क्लब आयक्स बीच सहमति जुटिसकेको छ। यस खबरलाई ट्रान्सफर बजारमा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्।

रोमानोका अनुसार दुई पक्ष बीच साढे २ वर्षे सम्झौताका लागि सहमति भइसकेको छ। हेन्डरसन र आयाक्स बीच सन् २०२६ सम्मका लागि सम्झौता हुनेछ।

गत समर ट्रान्सफर विन्डोमा कयौं युरोपेली स्टार साउदी पुग्दा त्यस सूचीमा हेन्डरसन पनि थिए। उनी लिभरपुल छाडेर इत्तिफाक पुगेका थिए। तर हेन्डरसन ६ महिना भन्दा बहि साउदीमा टिक्न सकेनन्।

उनले आफ्नो नयाँ क्लबका लागि मात्रै १९ पटक खेले। साउदी छाड्ने निर्णय पुगिसकेपछि उनी र इत्तिफाक विरुद्धको सम्झौता आपसी समझदारीमा रद्द गरिसकिएको छ।

रोमानोले दिएको पछिल्लो अपडेट अनुसार हेन्डरसन बिहिबार आयाक्स क्लबमा उपस्थित हुनेछन् र उनको बिहिबार नै मेडिकल हुनेछ। त्यसपछि हेन्डरसन आयक्स खेलाडीको रुपमा सार्वजनिक गरिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *