एजेन्सी – स्पेनिस लिजेण्ड फर्नान्डो टोरेसले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई ‘बिग गेम प्लेयर’को संज्ञा दिएका छन्। एक कुराकानीका क्रममा टोरेसले रोनाल्डो ‘बिग गेम प्लेयर’ रहेको दावी गरेका हुन्।
टोरेसका अनुसार रोनाल्डो ठूलो खेल मन पराउँछन्। रोनाल्डोको प्रशंसामा उत्रिएका टोरेसले फुटबल खेलको इतिहासमा रोनाल्डो भन्दा उत्कृष्ट बिग गेम प्लेयर नरहेको बताए।
“सायद संसारमा रोनाल्डो भन्दा उत्कृष्ट बिग गेम प्लेयर छैनन्। ठूला गेम रोनाल्डोलाई मन पर्छन्।”,हालसालै एक अन्तर्वार्ताका क्रम टोरेरले स्पष्ट रुपमा भने।
फिफा विश्वकप र युरोपियन च्याम्पियनसिप विजेता टोरेसले क्लब र अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डो विरुद्ध १७ पटक खेलेका थिए। जसमध्ये ५ खेलमा जित हातपार्दा सात खेलमा पराजय भोगेका थिए।
सन् २०२३ को सुरुवात देखि रोनाल्डो साउदीमा छन्। साउदी पुगेपछि पनि रोनाल्डोले उच्च प्रदर्शन गरिरहेका छन्। ३८ वर्षका रोनाल्डोले सन् २०२३ भर कुल ५४ गोल गरे।
लामो फुटबल करियरमा रोनाल्डोले महत्वपूर्ण उपाधि जितेका छन्। रोनाल्डोले कयौं च्याम्पियन्स लिग, लालिगा, प्रिमियर लिग सहित विभिन्न उपाधिका फाइनलमा आफ्नो जादू देखाइसकेका छन्।