September 20, 2024

एजेन्सी – चेल्सीका लिजेन्ड फ्रान्क लेबोउफले चर्चित फुटबल प्रशिक्षक जोसे मोरिन्हो पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने लाइनमा रहन सक्ने सम्भावना रहेको बताएका छन्।

एक कुराकानीका क्रममा लेबोउफले एएस रोमाको प्रशिक्षक पद छाडेका मोरिन्हो पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने लाइनमा बस्न सक्ने बताएका हुन्।

लेबोउफका अनुसार मोरिन्होको मूख्य लक्ष्य अब पोर्चुगलको प्रशिक्षक बन्ने हुनेछ। विभिन्न समयमा अन्तर्वार्ता लिँदा मोरिन्होले पोर्चुगलको राष्ट्रिय टोलीको जिम्मेवारीलाई अन्तिम लक्ष्यको रुपमा बताउने गरेको उनले स्मरण गरे।

“मलाई मोरिन्होको अन्तर्वार्ता याद छ। चेल्सीमा हुँदा होस् वा रियल म्याड्रिडमा हुँदा होस्, उनले कोचिंग करियरमा पोर्चुगलको राष्ट्रिय टोलीको जिम्मेवारी लिने लक्ष्य रहेको स्वीकार गर्ने गरेका थिए। मलाई लाग्छ अब उनको यो लक्ष्य हुनेछ।”,लेबोउफले भने।

पोर्चुगलले विश्वकप लगत्तै रोबर्टो मार्टिनेजलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी अन्तर्गत पोर्चुगलले राम्रो गरिरहेको छ। मोरिन्होले युरो सम्म पर्खने र त्यसपछि मौका मिले पोर्चुगलको प्रशिक्षक बन्न सक्ने लेबोउफको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *