September 20, 2024

एजेन्सी – अल नासरका प्रशिक्षक लुइस क्यास्ट्रोले क्रिस्टियानो रोनाल्डो अझै लामो समय उच्च स्तरमा खेल्न सक्षम रहेको बताएका छन्। एक मिडियासंगको कुराकानीका क्रममा क्यास्ट्रोले रोनाल्डो अझै केहि वर्ष उच्च स्तरमा खेल्न सक्ने बताएका हुन्।

क्रिस्टियानो रोनाल्डोसँग धेरै वर्षसम्म शीर्ष स्थानमा रहनका लागि सबै चीजहरू रहेको क्यास्ट्रोले बताए। रोनाल्डो अहिले पनि उत्कृष्ट अवस्थामा रहेको क्यास्ट्रोको भनाई छ।

“क्रिस्टियानो रोनाल्डोसँग धेरै वर्षसम्म शीर्ष स्थानमा रहनका लागि सबै चीजहरू छन्। एक उत्कृष्ट खेलाडीमा जे हुनु पर्छ त्यो सबै रोनाल्डोसंग छ।”,क्यास्ट्रोले भने।

क्यास्ट्रोले गुणस्तरको कुनै उमेर नहुने दावी पनि गरे। खेल जीवनलाई कहिले अन्त्य गर्ने भन्ने कुरा रोनाल्डोलाई बाहेक अरु कसैलाई थाहा नहुने क्यास्ट्रोको बुझाई छ।

उनले भने,”क्रिस्टियानो अझै पनि आफ्नो सीमाबाट टाढा छन्; उनी उत्कृष्ट अवस्थामा छन्। गुणस्तरको कुनै उमेर हुँदैन। कहिले रोकिने त्यो रोनाल्डोलाई मात्र थाहा छ।”

रोनाल्डो छिट्टै ३९ वर्ष पुग्दैछन्। ३८ वर्षको उमेरमा सन् २०२३ भर रोनाल्डोले उच्च प्रदर्शन गरेका थिए। रोनाल्डोले सन् २०२३ भर अल नासर र पोर्चुगलका लागि कुल ५४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *