December 23, 2024

एजेन्सी – स्पेनिस सुपर कपको उपाधि जितेको एक साता नबित्दै स्पेनिस महारथी रियल म्याड्रिडले लज्जास्पद हार बेहोरेको छ। रियल म्याड्रिडले कोपा डेल रेमा लज्जास्पद हार बेहोरेको हो।

बिहिबार राति रियल शहर प्रतिद्वन्दी एटलेटिको म्याड्रिडसंग पराजित हुन पुग्यो। बलमा बढी नियन्त्रण राख्दा पनि आक्रमणमा चुक्दा रियल एटलेटिको म्याड्रिडसंग ४-२ को गोल अन्तरले पराजित भयो।

निर्धारित ९० मिनेटमा खेल २-२ को बराबरीमा टुंगिएपछि थप भएको समयमा दुई गोल थप्दै एटलेटिको म्याड्रिडले रियललाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनायो।

खेलको ३९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा जान ओब्लाकको आत्मघाती गोलमा खेल १-१ को बराबरीमा गयो।

खेलको ५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै पुनः एटलेटिकोलाई अग्रता दिलाए। तर खेलको ८२ औं मिनेटमा रियलका जोसेलुले गोल गरेसंगै खेल २-२ को स्थितिमा पुग्यो।

निर्धारित ९० मिनेट पश्चात थप भएको इन्ज्युरी समयमा थप गोल हुन नसक्दा खेलमा आधा घण्टा समय थप भयो। १ सयौं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।

त्यस्तै १ सय १९ औं मिनेटमा रोड्रीगो रिक्वेलमीले गोल गर्दा एटलेटिकोको जित पक्का भयो। यससंगै एटलेटिको म्याड्रिड कोपा डेल रे उपाधिको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *