September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका महत्वपूर्ण खलाडी मोहम्मद सालाह घाइते भएका छन्। इजिप्टको राष्ट्रिय टोलीबाट अफ्रिका कप अफ नेसन्समा सहभागी भएका सालाह प्रतियोगिताको दोस्रो खेलमा घाइते भएका हुन्।

फ्रिका कप अफ नेसन्समा बिहिबार रति इजिप्टले घानाको सामना गर्यो। सो खेलमा सालाह घाइते हुन पुगे। उनको ह्यामस्ट्रिङमा चोट लागेको बताइएको छ।

चोट लागेपछि खेलको पहिलो हाफको इन्ज्युरी समयमै उनले मैदान छाडेका थिए। सालाहको चोट कति गम्भीर हो भन्ने बारे जानकारी बाहिर आइसकेको छैन।

खेल पश्चात इजिप्टका प्रशिक्षकले सालाहको चोटलाई लिएर आफूहरु चिन्तित रहेको बताए। उनले भने,”अवश्य पनि, हामी चिन्तित छौं र हामी आशा गर्छौं कि यो धेरै गम्भीर छैन।”

सालाह घाइते हुनु इजिप्टका लागि मात्र नभई लिभरपुलका लागि पनि एक झड्का हो। सालाहको उच्च लयकै कारण लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा पुगेको थियो।

तर सालाह घाइते हुने हो भने प्रिमियर लिग उपाधि जित्ने लिभरपुलको योजनामा धक्का पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *