एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका टार्गेटलाई प्रतिद्वन्दी क्लब लिभरपुलले हाइज्याक गर्ने योजना बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार लिभरपुलले सिटी टार्गेटलाई हाइज्याक गर्ने योजना बनाएको हो।
मिडफिल्डर जर्जी सुडाकोभ माथि गएको केहि समय देखि सिटीको नजर छ। सिटीले उनलाई आगामी समर्स ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको छ। तर सिटीको सो योजनामा लिभरपुल बाधक बन्न सक्छ।
२१ वर्षीय सुदाकोभ अहिले युक्रेनी फुटबलका सबैभन्दा आशाजनक युवा खेलाडी रहेका छन्। उनले च्याम्पियन्स लिगको समूह चरणमा शाख्तर डोनेस्कका लागि सबै खेल खेलेका थिए।
जसमा उनले एक गोल पनि गरेका थिए। उनले युक्रेनी शीर्ष उडानमा शाख्तरका लागि १० खेलमा दुई गोल गरिसकेका छन्। गत सिजन १६ गोल गरेका सुडाकोभले युक्रेनी प्रिमियर लिग प्लेयर अफ द इयरको अवार्ड जितेका थिए।
सुडाकोभका लागि सिटी र लिभरपुल बीच कडा टक्कर पर्ने लगभग तय भइसकेको छ। सुडाकोभ भित्र्याउने दौडमा यी दुई क्लब मात्र छैनन्। युभेन्टस, नापोली र बायर्न म्युनिखले पनि उनलाई नजिकबाट नियालिरहेका छन्।