September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई चोट लागेको छ। साउदी मिडियाहरुका अनुसार प्रशिक्षणका क्रममा रोनाल्डोलाई चोट लागेको हो।

रोनाल्डोको पिडुल्लाको मांशपेशीमा चोट लागेको र उनी केहि समयका लागि मैदान बाहिर हुन सक्ने अल-रियादियाले एक श्रोतको हवाला दिँदै दावी गरेको छ।

अल-नासरको मेडिकल टोलीले हालै क्लब प्रबन्धक लुइस क्यास्ट्रोलाई रोनाल्डोको चोटको बारेमा जानकारी दिएको दावी साउदी पत्रिका अल-रियादियाले जनाएको छ।

रोनाल्डो विगत दुई दिनदेखि क्लबको मेडिकल क्लिनिक गइरहेको बताइएको छ। रोनाल्डो फिटनेस हलमा हल्का व्यायाममा सहभागी हुनुका साथै उपचार सत्रमा पनि सहभागी भएका थिए।

यस खबर बाहिर आएसंगै सांघाई शेन्हुआ र झेजियांग विरुद्ध अल नासरको खेल रोनाल्डोले गुमाउने उच्च सम्भावना देखिएको छ। त्यस्तै रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको इन्टर मियामी विरुद्धको बहुप्रतीक्षित मैत्रीपूर्ण खेल पनि गुमाउन सक्छन्। तर यसको पुष्टि भने हन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *