September 20, 2024

एजेन्सी – नयाँ सिजन सुरु हुनु अगाडीको प्रि सिजन खेलमा इन्टर मियामी बराबरीमा रोकिएको छ। प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मियामी बराबरीमा रोकिएको हो।

शनिबार बिहान इन्टर मियामीले एल साल्भाडोरको राष्ट्रिय फुटबल टोलीको सामना गर्यो। आक्रमणमा चुक्दा इन्टर मियामी एल साल्भाडोरसंग गोलरहित बराबरीमा रोकियो।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेका स्टार लुइस सुआरेजलाई मैदानमा उतार्दा पनि इन्टर मियामीले जित निकाल्न सकेन। खेलभर मियामीले बलमा राम्रो नियन्त्रण राखेको थियो।

बलमा मियामीको ६८ प्रतिशत नियन्त्रण थियो। मियामीको तर्फबाट खेलभर कुल ६ प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए। यधपी कुनै प्रहार गोलमा भने परिणत हुन सकेनन्।

त्यस्तै एल साल्भाडोरले भने मियामी भन्दा राम्रो आक्रमण गरेको थियो। खेलभर एल साल्भाडोरको तर्फबाट कुल १० प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए।

यधपी एल साल्भाडोरले पनि गोल गर्न सकेन। मियामीले अब अर्को मैत्रीपूर्ण खेलमा एफसी डालासको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *