September 20, 2024

एजेन्सी – केहि खेल मिडियामा आएका खबरलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आफ्ना एक पूर्व सहकर्मीलाई साउदीमा संगै देख्न चाहन्छन्।

रोनाल्डोका ती सहकर्मी अरु कोहि नभई ब्राजिलियन मिडफिल्डर कासेमिरो रहेका छन्। हाल प्रिमियर लिग म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका कासेमिरोलाई रोनाल्डोले अल नासरमा संगै चाहेको फुट मर्काटोले जनाएको छ।

रोनाल्डो र कासेमिरोले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड दुवै क्लबमा संगै खेलेका छन्। उनीहरुले रियलका लागे कुल १ सय ८ खेल संगै खेलेका छन्।

दुई बीच रियलमा ६ गोलको संयोजन भएको थियो। यो जोडीले ला लिगा दिग्गजहरूका लागि टोली साथीको रूपमा सँगै चारवटा यूईएफए च्याम्पियन्स लिग ट्रफी जितेका थिए।

कासेमिरो सन् २०२२ मा रियलबाट ७० मिलियन युरोमा युनाइटेड आवद्ध भएका थिए। युनाइटेडमा कासेमिरो र रोनाल्डोले मात्र केहि खेल खेले। यो जोडीले युनाइटेडका लागि मात्र १३ खेल खेल्यो।

कासेमिरो युनाइटेड पुगेको केहि समयपछि नै रोनाल्डोले क्लब छाडे। युनाइटेड छाडेर रोनाल्डो साउदी क्लब अल नासर पुगे। अहिले रोनाल्डो कासेमिरोलाई भित्र्याउन क्लबलाई आग्रह गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *