September 20, 2024

एजेन्सी – उरुग्वेका स्टार लुइस सुआरेजले शनिबार बिहान इन्टर मियामीका लागि पहिलो खेल खेले। इन्टर मियामीले प्रिसिजनको पहिलो मैत्रीपूर्ण खेलमा एल साल्भाडोरको राष्ट्रिय फुटबल टोलीको सामना गर्दा सुआरेजले मियामीका लागि पहिलो खेल खेलेका हुन्।

पहिलो खेल सुआरेजका लागि त्यति राम्रो जान सकेन। उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। सुआरेजले मियामीका लागि मिनेट मैदानमा बिताएका थिए।

सुआरेज मात्र नभई उन्ला बार्सिलोनाका अन्य सहकर्मीहरुले पनि एल साल्भाडोरको राष्ट्रिय फुटबल टोली विरुद्धको खेलमा खासै राम्रो प्रदर्शन गर्न सफल भएनन्।

मेस्सी, सुआरेज, सर्जियो बुस्केट्स र जोर्डी अल्बा चारै बार्सिलोनाक पूर्वसहकर्मी मैदानमा उत्रिएको खेलमा मियामीको आक्रमण कम्जोर देखिएको थियो।

खेलभर मियामीले बलमा राम्रो नियन्त्रण राखेको थियो। बलमा मियामीको ६८ प्रतिशत नियन्त्रण थियो। मियामीको तर्फबाट खेलभर कुल ६ प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए। यधपी कुनै प्रहार गोलमा भने परिणत हुन सकेनन्।

त्यस्तै एल साल्भाडोरले भने मियामी भन्दा राम्रो आक्रमण गरेको थियो। खेलभर एल साल्भाडोरको तर्फबाट कुल १० प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *