September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफू अझै १० वर्ष खेल्न सक्ने बताएका छन्। एक कुराकानीका क्रममा सन्यास बारे चर्चा गर्दै रोनाल्डोले रमाइलो पारामा १० वर्ष सम्म खेल्ने बताएका हुन्।

शुक्रबार दुबई ग्लोब सकर अवार्डका क्रममा रोनाल्डोलाई सन्यास बारे प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा रोनाल्डोले आफ्नो काम सकियो भन्ने नलागे सम्म फुटबल खेलिरहने बताए।

“जब मलाई लाग्छ कि मेरो काम सकियो, म रिटायर हुनेछु … सायद १० बर्षमा?”,रोनाल्डोले आफ्नो सन्यास बारे चर्चा गर्दै रमाइलो पारामा भने।

क्रिस्टियानो रोनाल्डोले सन् २००२ मा स्पोर्टिङ लिस्बनबाट आफ्नो व्यावसायिक फुटबल करियर सुरु गरेका थिए। त्यसयता रोनाल्डोले निरन्तर उच्च स्तरमा रहेर फुटबल खेलिरहेका छन्।

लिस्बनबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो पछि रियल म्याड्रिड आवद्ध भएका थिए। रियलबाट युभेन्टस पुगी उनी पुनः युनाइटेड फर्किएका थिए।

युनाइटेडको दोस्रो बसाई खासै राम्रो हुन नसकेपछि रोनाल्डो साउदी क्लब अल नासर आवद्ध भएका थिए। अल नासरमा भने रोनाल्डो निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *