September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बालोन डी’ओर, फिफा द बेस्ट जस्ता अवार्डले विश्वसनीयता गुमाउँदै गएको बताएका छन्। एक कुराकानीका क्रममा रोनाल्डोले बालोन डी’ओर, फिफा द बेस्ट जस्ता अवार्डले विश्वसनीयता गुमाउँदै गएको बताएका हुन्।

कुनै पनि अवार्ड प्रदान गरिँदा एक खेलाडीले पूरा सिजनमा गरेको प्रदर्शनलाई नियालिनु पर्ने रोनाल्डोले बताए। यसो भनिरहँदा आफूले मेस्सी, एम्बाप्पे वा हालाण्ड अवार्डको हकदार थिएनन् भन्ने बताउन नखोजेको रोनाल्डोले स्पष्ट पारे।

“मलाई लाग्छ, एक तरिकाले यी पुरस्कारहरूले विश्वसनीयता गुमाउँदैछन्। हामीले पूरै सिजनको विश्लेषण गर्नुपर्छ। मैले मेस्सी, एम्बाप्पे वा हालाण्ड अवार्डको हकदार थिएनन् भन्न खोजेको होइन। तर राम्रोसंग विश्लेषण गरिनुपर्छ।”,रोनाल्डोले भने।

सो कुराकानीका क्रममा रोनाल्डोले यस्ता अवार्ड कार्यक्रमहरुलाई आफूले हेर्न छाडेको पनि बताए। ग्लोब सकरमा अवार्ड जितेको भएर आफूले यस्तो नबताएको रोनाल्डोको भनाई छ।

उनले भने,”म यसको बानी परेको छु र मलाई थाहा छ कि यी संस्थाहरूले कसरी काम गर्छन्। इमानदारीपूर्वक भन्नुपर्दा मैले उत्कृष्ट अवार्डको समारोह हेर्ने गरेको छैन। मैले ग्लोब सकरमा जितेको कारण मैले यो भनिरहेको छैन। जे छ त्यो तथ्यांकले देखाइरहेकै छ।”

यस वर्षको बालोन डी’ओर र फिफा बेस्ट अवार्ड अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जितेका थिए। दुवै अवसरमा उनले ट्रेबल विजेता म्यानचेस्टर सिटीका एर्लिङ हालाण्डलाई पछि पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *