December 23, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुएना गएको केहि समय देखि साउदी अरेबियाको नजरमा छन्। साउदीका केहि क्लबले ब्रुएनालाई भित्र्याउन चाहेका छन्।

विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदीले ब्रुएना माथि आगामी समर ट्रान्सफर विन्डोमा बोलि लगाउनेछ। त्यसको लागि साउदी क्लबहरु अहिले देखि तयारी अवस्थामा रहेको बताइएको छ।

तर पछिल्लो पटक आएको खबरले भने साउदीलाई झड्का लाग्न सक्छ। रिपोर्ट अनुसार ब्रुएनाले साउदी जाने भन्दा पनि सिटीसंगको सम्झौता थप गर्ने तर्फ सोच्न सक्छन्।

सिटीले छिट्टै उनलाई नयाँ सम्झौता प्रस्ताव गर्न सक्ने बताइएको छ। नयाँ सम्झौता सन् २०२६ सम्मका लागि हुने छ। उनले सो सम्झौतामा हस्ताक्षर गरेको खण्डमा उनको सिटी बसाई १० वर्ष नाघ्नेछ।

उनी सन् २०१५ मा सिटी आइपुगेका थिए। सिटी आएपछि उनी विश्वकै उत्कृष्ट मिडफिल्डरको रुपमा उदाएका छन्। सिटीबाट उनले क्लब स्तरमा जित्न सम्भव सबै उपाधि जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *