September 20, 2024

एजेन्सी – स्पेनिस लालिगामा क्याटलान क्लब जिरोनाले बार्सिलोना र रियल म्याड्रिडलाई कडा चेतावनी पठाएको छ। लालिगाको पछिल्लो खेलमा सानदार जित दर्ता गर्दै जिरोनाले बार्सिलोना र रियललाई चेतावनी पठाएको हो।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा जिरोना ले सेभियालाई ५-१ को गोल अन्तरले पराजित गर्यो। खेलको सुरुवातमै पछि परेको अवस्थालाई उल्त्याउँदै जिरोनाले जित निकाल्न सफल भएको हो।

जिरोनाको जितमा युक्रेनी फरवार्ड अर्टिमको ह्याट्रिक गर्दा भिक्टर र क्रिष्टियन स्टुएनीले एक-एक गोल गरे। सेभियाका लागि भने एक मात्र गोल इसाक रोमेरोले गरेका थिए।

त्यस्तै आइतबार राति नै बार्सिलोना र रियल म्याड्रिड पनि विजयी भए। फेरान टोरेसको ह्याट्रिक मद्दतले क्याटलान बार्सिलोनाले यल बेटिसमाथि ४-२को सानदार जित निकाल्यो भने रियलले अल्मेरियालाई ३–२ को गोल अन्तरले पराजित गर्यो।

आइतबारका खेलहरु पश्चात लालिगाको शिर्ष स्थानमा जिरोना फर्किएको छ। रियल भन्दा एक खेल बढी खेलेको उसको ५२ अंक छ भने रियलको ५१ अंक छ।

आइतबारबाट बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २० खेलबाट ४४ अंक जोडेको छ। बर्सिलोया रियल भन्दा ७ अंक र जिरोना भन्दा ८ अंकले पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *