एजेन्सी – रियल म्याड्रिडले ला लिगामा आइतबार सानदार कम्ब्याक जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलले कम्ब्याक जित निकालेको हो।
घरेलु मैदानमा रियलले अल्मेरियालाई ३-२ को गोल अन्तरले पराजित गर्यो। पहिलो हाफमा २-० को गोल अन्तरले पछि परेको अवस्थालाई उल्त्याउँदै रियलले जित निकाल्यो।
रियलको जितमा जुड बेलिङ्घम, भिनीसियस जुनियर र ड्यानी कार्भाजालले एक-एक गोल गरे। पाहुना टोलीका लागि भने लार्जी रामाजानी र एडगर गोन्जालेजले गोल गरे।
खेलको पहिलो मिनेटमै रामाजानीको गोलबाट पाहुना टोलीले अग्रता लिएको थियो। खेलको ४३ औं मिनेटमा अल्मेरियाले अग्रता दोब्बर बनायो। सो गोल गोन्जालेजले गरेका थिए।
तर खेलको ५७ औं मिनेटमा बेलिङ्घमले पेनाल्टी मार्फत गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए। बक्समा अल्मेरियाका खेलाडीको ह्यान्डबल भएपछि रियलले पेनाल्टी पाएको थियो।
खेलको ६७औं मिनेटमा भिनिसियसले गोल गर्दा खेल २-२ को बराबरीमा गयो। तर जित निकाल्न रियलले अन्तिम समयमा गोल गर्यो इन्ज्युरी समयको नवौं मिनेटमा बेलिङ्घमको असिस्टमा कार्भाजालले गरे।
यस जितसंगै लालिगामा रियलको ५१ अंक सहित भएको छ। २१ खेलमा कुनै जित दर्ता गर्न नसकेको अल्मेरिया भने ६ अंक सहित लिगको अन्तिम स्थानमा छ।