September 20, 2024

एजेन्सी – ट्रान्सफर मार्केटका भरपर्दा जानकार फाब्रिजियो रोमानोले फ्रेन्च स्टार करिम बेन्जेमाको ट्रान्सफर हुने सम्भावना बाँकी नै रहेको बताएका छन्।

बेन्जेमा ट्रान्सफरको सम्बन्धमा स्पष्ट पार्दै सामाजिक संजाल मार्फत रोमानोले ट्रान्सफर विन्डोको अन्तिम समय सम्म बेन्जेमाको ट्रान्सफर हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताएका हुन्।

साउदी क्लब अल इत्तिहाद र बेन्जेमा बीच पछिल्लो समय राम्रो सम्बन्ध नरहेको रोमानोले स्पष्ट पारे। रोमानोका अनुसार क्लब र बेन्जेमा बीचको सम्बन्ध धेरै हद सम्म बिग्रिएको छ र त्यसले बेन्जेमाको बहिर्गमन निम्त्याउन सक्छ।

बेन्जेमाको युरोप फिर्ति सम्भव रहेको र त्यसको लागि बेन्जेमाले पारिश्रमिक घटाउनु पर्ने रोमानोको भनाई छ। बेन्जेमाले पारिश्रमिक घटाएको खण्डमा मात्रै बेन्जेमा युरोप फिर्ता हुन सक्ने बताइएको छ।

बेन्जेमालाई प्रिमियर लिगको आर्सनलले भित्र्याउन चाहेको खबरहरु निरन्तर आइरहेका छन्। सो सम्बन्धमा बोल्दै रोमानोले अल इत्तिहाद बेन्जेमालाई युरोपियन क्लब पठाउने भन्दा पनि साउदी लिगकै क्लबमा पठाउने योजनामा रहेको बताए।

यस्तै बेन्जेमालाई उनको पूर्व क्लब लियोनेलले पनि फिर्ता लैजान चाहेको छ। तर लियोन आर्थिक रुपमा भने कम्जोर छ। यस्तोमा उनी आफ्नो पूर्व क्लब फर्किन सम्भावना कम रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *