September 20, 2024

एजेन्सी – प्रिसिजनको दोस्रो खेलमा मेजर सकर लिग क्लब इन्टर मियामीले पहिलो हार बेहोरेको छ। नयाँ सिजन सुरु हुनु अगाडी प्रिसिजन मैत्रीपूर्ण खेलहरुमा होमिएको मियामीले मंगलबार बिहान हार बेहोरेको हो।

मियामी मंगलबार बिहान एफसी डालाससंग पराजित भयो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेली स्टार लुइस सुआरेज दुवैलाई मैदानमा उतार्दा पनि मियामी १-० को गोल अन्तरले पराजित हुन पुग्यो।

डालस विरुद्धको खेलमा मियामीले बलमा राम्रो नियन्त्रण राखेको थियो। खेलभर बलमा मियामीको ६९ प्रतिशत नियन्त्रण थियो। तर गोलमा चुक्दा मियामी हार्न पुग्यो।

खेल भर मियामीको तर्फबाट कुल ८ प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए। त्यस्तै डालासले खेलभर ८ प्रहार गर्दा चार प्रहार टार्गेटमा राखेको थियो।

डालासका लागि जेसस फरेराले गरेको गोल निर्णायक बन्न पुग्यो। उनले खेलको तेस्रो मिनेटमै गोल गर्दो डालासलाई अग्रता दिलाएका थिए। मियामीले प्रिसिजनमा दुई खेल खेलिसकेको छ। जस मध्ये एक खेलमा पनि उसले जित निकाल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *