September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले वर्तमान प्रशिक्षक एरिक टेन ह्यागको सम्भावित प्रतिस्थापन गर्ने प्रशिक्षकहरुको सूची बनाएको छ।

टेन ह्यागलाई बर्खास्त गर्नु परेको अवस्थालाई मद्यनजर गर्दै युनाइटेडले केहि प्रशिक्षकहरुको सूची बनाएको विभिन्न बेलायती मिडियाहरुले जनाएका छन्।

खबरका अनुसार INEOS प्रमुख सर जिम र्याटफ्लिफले क्लबको केहि हिस्सा खरिद गरेपछि क्लबले नयाँ योजना सहित अगाडी बढ्ने योजना बनाएको छ र त्यसको लागि सम्भावित प्रशिक्षकहरुको सूची तयार पारेको छ।

सम्भावित प्रशिक्षकको सूचीमा ब्राइटनका वर्तमान प्रशिक्षक रोबर्टो डे जर्बी, ब्राइटनकै पूर्व प्रशिक्षक ग्राहम पोटर र फ्रेन्च क्लब निसका प्रशिक्षक फ्रान्सेस्को फारियोली रहेका छन्।

गत सिजन राम्रो प्रदर्शन गरेपनि युनाइटेडले यस सिजन भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। रेड डेभिल्सले लीगमा नौ पटक सहित सबै प्रतियोगितामा यस सिजन १४ हार बेहोरिसकेको छ।

युनाइटेडको यस खराब लय जारी नै रहे टेन ह्यागको पद धरापमा पर्न सक्छ। तर हालकै अवस्थामा भने युनाइटेडले टेन ह्यागलाई बर्खास्त गर्ने कुनै योजना नबनाएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *