September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार क्लबको पछिल्लो प्रशिक्षणमा सामेल भएका छन्। चोटका कारण लामो समय देखि मैदान बाहिर रहेका हालाण्ड सिटीको पछिल्लो प्रशिक्षणमा सामेल भएका हुन्।

हालाण्ड खुट्टाको हड्डीको दुखाईबाट ग्रस्त हालाण्ड अबु धाबी प्रशिक्षण क्याम्पमा सहभागी भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। उनी क्लबको पूर्ण प्रशिक्षणमा सहभागी भएको बताइएको छ।

डिसेम्बरको पहिलो साता प्रिमियर लिगमा एस्टन भिल्ला विरुद्धको खेल खेलेपछि हालाण्डले कुनै खेल खेलेका छैनन्। यस बीचमा उनले ९ खेल गुमाइसकेका छन्।

सोमबार उनी क्लबको प्रशिक्षणमा सहभागी भएका थिए। हालाण्ड प्रशिक्षणमा फर्किएको खबरलाई सिटीले पनि पुष्टि गरेको छ। सिटीले सामाजिक संजालमा हालाण्ड प्रशिक्षणमा सहभागी भएको तस्विर पोस्ट गरेको छ।

प्रशिक्षणमा फिर्ता भएपनि हालाण्ड एफए कपमा टोटेनह्याम विरुद्धको खेलका लागि उपलब्ध हुन्छन्-हुँदैनन् भन्ने कुराको टुंगो भने लागिसकेको छैन। हालाण्ड प्रिमियर लिगमा बर्नली विरुद्धको खेलका लागि भने उपलब्ध हुन सक्छन्।

 

View this post on Instagram

 

A post shared by Manchester City (@mancity)

Leave a Reply

Your email address will not be published. Required fields are marked *