September 20, 2024

एजेन्सी – लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको भारत समूह चरणबताई चरणबाटै छ। समूह चरणका सबै खेलमा पराजय भोगेसंगै भारत एसिया कपको समूह चरणबाटै बाहिरिएको हो।

समूह चरणको अन्तिम खेलमा भारतले मंगलबार सिरिया विरुद्ध १-० को हार बेहोर्यो। सिरियालाई खेलभर टक्कर दिएपनि आक्रमणमा चुक्दा भारत पराजित हुन पुग्यो।

भारतले खेलभर बलमा ४७ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर भारतको तर्फबाट ८ प्रहार हुँदा मात्र एक प्रहार टार्गेटमा थियो। उता सिरियाले भने खेलभर २० प्रहार गरेको थियो।

जसमद्ये ४ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा पनि परिणत भयो। खेलको एक मात्र गोल सिरियाका ओमार ख्रिबिनले गरे। उनले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए।

एसिया कपमा भारतको प्रदर्शन खास रहन सकेन। तीन मध्ये तीनै खेलमा अपराजित भएको भारतले एक गोल पनि गर्न सकेन। भारत यस अगाडी अष्ट्रेलियासंग २-० र उज्बेकिस्तानसंग ३-० को गोल अन्तरले पराजित भएको थियो।

अष्ट्रेलिया र उज्बेकिस्तान १-१ को बराबरी खेल्दै क्रमश: पहिलो र दोस्रो हुँदै नकआउटमा स्थान बनाएका छन्। सिरिया भने ४ अंक सहित समूहको तेस्रो स्थानमा रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *