September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सार्वजनिक माफी मागेका छन्। चोटका कारण चीनमा तय भएका दुई खेल रद्द भएसंगै रोनाल्डोले माफी मागेका हुन्।

रोनाल्डोले आफू लामो समय देखि चीन आइरहेको उल्लेख गर्दै हालका लागि खेल स्थगित भएपनि निकट भविष्यमा पुनः स्थगित भएका खेलहरु आयोजना हुने बताएका छन्।

चिनियाँ समर्थक माझ फुटबल खेल्न नसक्दा आफूलाई दुख लागेको रोनाल्डोको भनाई छ। रोनाल्डोले त्यसक्रममा चीनलाई आफ्नो दोस्रो घर पनि भनेका छन्।

फुटबलमा केहि कुराहरुलाई नियन्त्रणमा राख्न नसकिने र आफ्नो करियरमा कमै मात्र घाइते भएको उल्लेख गर्दै रोनाल्डोले चिनियाँ समर्थकलाई खुशी बनाउन पुनः चीन फिर्ता हुने रोनाल्डोले वाचा गरेका छन्।

“फुटबलमा केहि चीजहरू तपाईले नियन्त्रण गर्न सक्नुहुन्न। मैले फुटबलमा २२ वर्ष खेलेको छु र म खासै चोट बोक्दिन। तर यस पटक यस्तै भयो। दुर्भाग्यवश मलाई केहि समस्या छ, तर यो फुटबल र मेरो जीवनको अंश हो। म सन् २००३-०४ बाट नियमित चीन आइरहेको छु। म यहाँ घर जस्तै महसुस गर्छु।”,रोनाल्डोले भनेका छन्।

रोनाल्डो थप भन्छन्,”म यहाँ छु, म फ्यानहरूसँग छु, म चिनियाँ जनतासँग छु र हामी यहाँ जारी रहनेछौं। हामी चिनियाँ जनतालाई खुसी बनाउन फर्कने छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *