September 20, 2024

एजेन्सी – गएको केहि समय देखि निरन्तर ओरालो यात्रामा रहेको प्रिमियर लिग क्लब चेल्सी एक उपाधि नजिक पुगेको छ। पछिल्लो सिजन देखि खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको चेल्सी लिग कप उपाधि नजिक पुगेको हो।

इएफएल कपको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले मंगलबार सानदार जित निकाल्यो। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले मिडल्सब्रोलाई ६-१ को गोल अन्तरले पराजित गर्यो।

७ गोल भएको खेलमा चेल्सीले पहिलो हाफमै ४-० को अग्रता पाएको थियो। दोस्रो हाफमा २ गोल थप्दै, एक गोल बेहोर्दै चेल्सीले ५-१ को जित निकाल्यो।

प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगमा चेल्सी १-० को गोल अन्तरले पराजित भएको थियो। चेल्सी समग्रमा ६-२ को जित निकाल्दै इएफएल कपको फाइनलमा प्रवेश गर्यो।

चेल्सीका लागि कोल पाल्मेरले २ गोल गर्दा एन्जो फेर्नानडेज, नोनी माडुएके र एक्सेल डिसासीले एक-एक गोल गरे। चेल्सीले एक गोल भने उपहारमा पाएको थियो।

मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोलबाट चेल्सीले अग्रता लिएको थियो। मिडल्सब्रोका लागि मोर्गान रोजर्सले एक गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *