September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमाले अल इतिहादले गरेको ट्रान्सफर प्रस्तावलाई अस्विकार गरेका छन्। अल इतिहादले साउदी अरेबियाकै अन्य क्लबमा ट्रान्सफरका लागि गरेको प्रस्ताव बेन्जेमाले अस्विकार गरेका हुन्।

क्लब र खेलाडी बीचको सम्बन्ध बिग्रिरहेको अवस्थामा अल इतिहादले बेन्जेमालाई साउदीकै क्लबहरुमा ट्रान्सफरको विकल्प दिएको र सो प्रस्तावलाई बेन्जेमाले सिधै रिजेक्ट गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

बेन्जेमाले साउदीमा रहने भन्दा पनि युरोप फिर्ता हुन इच्छा व्यक्त गरेको फ्रेन्च पत्रिका लेइक्विपले दावी गरेको छ। रिपोर्टका अनुसार बेन्जेमा मध्य पूर्व छोड्ने कुरामा अडिग छन्।

बेन्जेमा र इतिहाद गएको केहि समय देखि राम्रो सम्बन्ध छैन। बेन्जेमा क्लबको प्रशिक्षण सत्रमा ढिला आएपछि त दुई पक्ष बीचको सम्बन्ध झनै बिग्रिएको छ।

हुन त साउदी गएदेखि नै बेन्जेमा खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यस कारणले पनि बेम्जेमाले साउदी छाड्ने निर्णय गरेको चर्चा गर्न थालिएको छ।

क्लब प्रशिक्षकले बेन्जेमालाई दुबई प्रशिक्षणबाट बाहिर राखेपछि बेन्जेमा अहिले एक्लै प्रशिक्षण गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *