September 20, 2024

एजेन्सी – केहि खेल मिडियामा आएका खबरलाई मान्ने हो भने पेरिस सेन्ट-जर्मेनका फरवार्ड केलियन एमबाप्पे बर्नाबेउ आइपुगेमा क्लबका एक खेलाडीलाई बिक्री गर्न सक्छ।

एम्बाप्पे आगामी समर ट्रान्सफर विन्डोमा पिएसजी छाडेर रियल आइपुगेको खण्डमा रियलले क्लबका ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई बिक्री गर्न सक्ने दावी केहि केहि मिडियाहरुले गरेका हुन्।

रियलले एम्बाप्पेलाई भित्र्याउन चाहेको केहि वर्ष भइसक्यो। निरन्तर प्रयास गर्दा पनि रियलले एम्बाप्पेलाई भित्र्याउन सकिरहेको छैन। तर आगामी समर ट्रान्सफर विन्डो रियलका लागि एक सूवर्ण अवसर हुन सक्छ।

पिएसजी र एम्बाप्पे बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। सम्झौतामा एक वर्ष थपको विकल्प रहेपनि एम्बाप्पेले सम्झौता थप नगर्न सक्छन्।

त्यस्तोमा एम्बाप्पे निशुल्क ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। फ्री ट्रान्सफरका लागि उपलब्ध भएपनि एम्बाप्पेको ट्रान्सफर सस्तो भने हुने छैन। खेलाडी र एजेन्ट बोनस गरी उनको ट्रान्सफर १ सय ५० मिलियन युरो सम्म पुग्न सक्ने बताइएको छ।

त्यस्तै एम्बाप्पे कम पारिश्रमिकमा पनि रियल जानेछैनन्। उनी रेकर्ड पारिश्रमिकमा रियल जान सक्नेछन्। एम्बाप्पेको ट्रान्सफर र पारिश्रमिकका लागि ठूलो आर्थिक श्रोतको प्रयोग हुने हुँदा रियलले भिनिसियस जुनियरलाई बिक्री गर्न सक्ने केहि स्पेनिस मिडियाहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *