September 20, 2024

एजेन्सी – इटालीका पूर्व फुटबल प्रशिक्षक फाबियो क्यापेलोले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अझै एक मेसिन जस्तै रहेको बताएका छन्। एक कुराकानीका क्रममा क्यापेलोले रोनाल्डो अझै एक मेसिन जस्तै रहेको बताएका हुन्।

स्पेनिस पत्रिका मार्कासंग कुराकानी गर्दै क्यापेलोले रोनाल्डो एक मेसिन रहेको र गोल उनको इन्धन रहेको बताए। उनका अनुसार रोनाल्डो वर्षौं बित्दै जाँदा पनि उच्च स्तरमा प्रदर्शन गरिरहेका छन्।

“तपाईंलाई थाहा छ रोनाल्डो एक मेसिन हुन्। उनको इन्धन गोल हो। यो उनको योग्यता हो कि, उनले वर्षौं बित्दै जाँदा पनि निरन्तर उच्च स्तरमा प्रदर्शन गरिरहेका छन्।”,क्यापेलोले भने।

रोनाल्डो फेब्रुअरीमा ३९ वर्ष पुग्दैछन्। रोनाल्डो यो उमेरमा पनि निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डोले रोकिने कुनै छनक देखाएका छैनन्।

रोनाल्डो साउदी क्लब अल नासरका लागि उच्च प्रदर्शन गरिरहेका छन्। सन् २०२३ मा रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बनेका थिए। रोनाल्डोले सन् २०२३ भर पोर्चुगल र अल नासरका लागि ५४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *