September 20, 2024

एजेन्सी – बुधबार राति कोपा डेल रे कपको क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनाले एथ्लेटिक बिल्बाओको सामना गर्यो। एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा नमिठो हार बेहोर्दै बार्सिलोना प्रतियोगिताबाट बाहिरियो।

अतिरिक्त समय सम्म लम्बिएको खेलमा बार्सिलोना ४-२ को गोल अन्तरले पराजित भयो। बलमा राम्रो नियन्त्रण राख्दा पनि खुलेर आक्रमण गर्न नसक्दा बार्सिलोना पराजित हुन पुग्यो।

पहिलो हाफमा २-१ को गोल अन्तरले अगाडी रहेपनि बार्सिलोनाले दोस्रो हाफमा खासै राम्रो प्रदर्शन गर्न सकेन। पहिलो हाफमा रोबेर्ट लेवानडोस्की र लामिन यामल एक-एक गोल गरेका थिए।

यति बेला सामाजिक संजालमा यामलले गरेको सो गोलको चर्चा भइरहेको छ। खेलको ३१ औं मिनेटमा यामलले दायाँ विङ्गमा बल प्राप्त गरेका थिए। उनले दुई डिफेन्डरलाई चक्मा दिँदै खालि यार्डको शिर्जना गरे।

पेनाल्टी बक्स भित्र प्रवेश गरे उनले गरेको प्रहारले गोलपोस्ट चुम्यो। यामलले गरेको सो गोलले बार्सिलोना समर्थकलाई अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको याद दिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *