September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा उदयीमान खेलाडी लामिन यामलले नयाँ रेकर्ड बनाएका छन्। बुधबार राति कोपा डेल रे कपको क्वाटरफाइनलमा गोल गरेसंगै यामलले नयाँ रेकर्ड बनाएका हुन्।

यामलले पहिलो हाफमा बार्सिलोनाका लागि सानदार गोल गरेका थिए। यामलले दायाँ विङ्गमा बल प्राप्त भएको बललाई दुई डिफेन्डरलाई चक्मा दिँदै अगाडी बढाएर गोलमा परिणत गरेका थिए।

एथ्लेटिक बिल्बाओ गोल गरे लगत्तै यामल कोपा डेल रे कपमा गोल गर्ने सबै भन्दा कान्छा खेलाडी बने। उनले मालागाका जुआन्मी जिमेनेजलाई पछि पार्दै कोपा डेल रेमा गोल गर्ने सबै भन्दा कान्छा खेलाडीको रेकर्ड बनाएका हुन्।

मालागाका जुआन्मी जिमेनेजले सन् २०१० मा १६ वर्ष २३८ दिनको उमेरमा गोल गर्दै सो रेकर्ड बनाएका थिए। तर बुधबार राति १६ वर्ष १९५ दिनको उमेरमा गोल गर्दै सो रेकर्ड तोडे।

उनले यस अगाडी स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडी, ला लिगामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी, च्याम्पियन्स लिगमा एसिस्ट प्रदान गर्ने कान्छा खेलाडीको रेकर्ड बनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *