September 20, 2024

एजेन्सी – मेजर सकर लिग इन्टर मियामीले प्रिसिजन एसिया भ्रमणका लागि टोलीको घोषणा गरेको छ। नयाँ सिजन सुरु हुनु भन्दा अगाडी एसिया भ्रमणमा निस्किन लागेको मियामीले टोलीको घोषणा गरेको हो।

इन्टर मियामी साउदी अरेबिया प्रस्थान गरिसकेको छ र त्यहाँ केहि मैत्रीपूर्ण खेलमा सहभागी हुनेछ। मियामीले आगामी सोमबार अल हिलालको सामना गर्नेछ भने त्यसपछि बिहिबार अल नासरको सामना गर्नेछ।

मियामीले खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। सो सूचीमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेली स्टार लुइस सुआरेज दुवै छन्। सो टोलीमा यी दुईका अलावा बार्सिलोनाका अन्य पूर्व खेलाडी सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि हुनेछन्।

मियामीले भ्रमण टोली सार्वजनिक गरिसकेपनि अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो खेल्ने नखेल्ने भन्ने कुराको टुंगो भने लागिसकेको छैन। खुट्टामा लागेको चोटका कारण रोनाल्डो अहिले आराम गरिरहेका छन्।

मैत्रीपूर्ण खेलका लागि चीन पुगेपछि रोनाल्डोको चोटका कारण त्यहाँ हुने भनिएको दुई मैत्रीपूर्ण खेलहरु स्थगित भइसकेका छन्। मेस्सीको मियामीको सामना गर्न रोनाल्डो फिट हुने हुन् कि होइनन् भन्ने कुराको टुंगो छिट्टै लाग्ने बताइएको छ।

Goalkeepers: Drake Callender CJ Dos Santos Cole Jensen

Defenders: Jordi Alba Noah Allen Tomás Avilés Israel Boatwright Nicolás Freire Tyler Hall Sergii Kryvtsov Christopher McVey Ryan Sailor DeAndre Yedlin

Midfielders: Yannick Bright (2024 MLS SuperDraft Pick) Sergio Busquets Gregore Julian Gressel Robbie Robinson David Ruiz Lawson Sunderland Robert Taylor

Forwards: Shanyder Borgelin Leonardo Campana Lionel Messi Luis Suárez

Leave a Reply

Your email address will not be published. Required fields are marked *