September 20, 2024

एजेन्सी – स्टेकका ग्लोबल एम्बेसेडर सर्जियो अगुएरोले आफ्नो पूर्व क्लब बार्सिलोनाका वर्तमान नम्बर नौ रोबर्ट लेवान्डोस्कीलाई कम्जोर आँक्न नहुने बताएका छन्। एक कुराकानीका क्रममा अगुएरोले लेवान्डोस्कीलाई कम्जोर आँक्न नहुने बताएका हुन्।

स्टेक्सले लेवान्डोस्कीको खराब फर्मको बारेमा प्रश्न गर्दा अगुएरोले लेवान्डोस्की विश्व-स्तरीय स्ट्राइकर रहेको र उनलाई कम्जोर आँक्न नहुने जवाफ दिए।

रियल म्याड्रिड जस्तो टोली विरुद्ध गोल गरेका खेलाडीलाई लयमा नभएको भन्न नमिल्ने अगुएरोको भनाई छ। स्ट्राइकरहरूलाई गोलको आधारमा लय मापन गर्ने गरिएपनि लेवान्डोस्की लयमा छैनन् भन्न अनामिलने अगुएरोले स्पष्ट पारे।

“उनले म्याड्रिड विरुद्ध गोल गरेका छन्। यसको आधारमा उनी लयमा छैनन् भन्न मिल्दैन। स्ट्राइकरहरूलाई उनीहरूले गरेको स्कोरबाट मापन गरिन्छ। तर विश्वस्तरीय स्ट्राइकरलाई कहिल्यै कम आँकलन गर्नु हुँदैन।”,अगुएरोले भने।

गत सिजनको तुलनामा लेवान्डोस्कीले यस सिजन क्याटलान क्लब बार्सिलोनाका लागि कम गोल गरिरहेका छन्। यस सिजन सबै प्रतियोगिताका २८ खेलमा १२ गोल गरेका छन्।

उनले पछिल्ला सात ला लिगा खेलमा एक असिस्ट र एक गोल मात्र दर्ता गरेका छन्। स्पेनिस सुपरकपमा उनले रियल म्याड्रिड विरुद्ध आफ्नो टोलीका लागि एक गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *