September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले टोली प्रतिस्पर्धात्मक स्तरमा नरहे आफूले क्लब छाड्ने बताएका छन्। एक कुराकानीका क्रममा जाभीले बार्सिलोनाको टोली प्रतिस्पर्धात्मक स्तरमा नरहेको खण्डमा क्लब छाड्ने बताएका हुन्।

कोपा डेल रे प्रतियोगिताबाट बाहिरिएपछि कुराकानी गर्नेक्रममा सिजनको अन्त्य सम्ममा टोली प्रतिस्पर्धात्मक स्तरमा नरहे क्लब छाड्नु पर्छ भन्ने कुरा आफूलाई राम्रोसंग थाहा भएको बताए।

उनका अनुसार बार्सिलोना शिर्ष क्लब हो र क्लबले उपाधि जित्नुपर्ने हुन्छ। उपाधि जित्न नसकेको खण्डमा प्रशिक्षकको पद धरापमा पर्ने जाभीले स्वीकार गरे।

“यदि सिजनको अन्त्यमा हामी प्रतिस्पर्धात्मक स्तरमा छैनौं भने … मैले छाड्नुपर्छ। मलाई थाहा छ म कहाँ छु, यो एक शीर्ष क्लब हो। बार्सिलोनामा उपाधि जित्न आवश्यक छ नत्र तपाई जोखिममा पर्नुहुनेछ।”,जाभीले भने।

त्यस्तै जाभीले बार्सिलोनाक उच्च स्तरीय युवा खेलाडी रहेको पनि बताए। उनले भने,”म विश्वस्त छु कि यहाँ परियोजनामा शीर्ष युवा खेलाडीहरूको साथ उच्च क्षमता छ।”

बुधबार राति कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिल्बाओको सामना गर्यो। सो खेलमा बार्सिलोना अतिरिक्त समयमा ४-२ कोगोल अन्तरले पराजित भयो। यससंगै बार्सिलोना प्रतियोगिताबाट बाहिरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *