September 19, 2024

एजेन्सी – रियल म्याड्रिडका पूर्व प्रबन्धक फाबियो क्यापेलोले पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार किलियन एम्बाप्पे र रियल म्याड्रिडका जुड बेलिङ्घम बीच कडा प्रतिष्पर्धा हुने दावी गरेका छन्।

हालसालै एक कुराकानीका क्रममा क्यापेलोले एम्बाप्पे र जुड बेलिङ्घमले बीच कडा प्रतिष्पर्धा हुने बताएका हुन्। एम्बाप्पे र बेलिङ्घम बीच अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बीच हुने गरेको स्तरकै प्रतिष्पर्धा हुने सक्ने क्यापेलोको भनाई छ।

मार्कासँगको अन्तर्वार्ताका क्रममा क्यापेलोलाई के एम्बाप्पे र एर्लिङ हालाण्ड बीच आगामी समयमा मेस्सी-रोनाल्डोको जस्तै प्रतिष्पर्धा होला भनेर प्रश्न गरिएको थियो।

सो प्रश्नको जवाफ दिनेक्रममा उनले एम्बाप्पे र हालाण्ड बीच नभई बेलिङ्घम र एम्बाप्पे बीच कडा प्रतिष्पर्धा हुने दावी गरे। क्यापेलोका अनुसार एम्बाप्पे र बेलिङ्घम दुवै हालाण्ड भन्दा राम्रा खेलाडी हुन्।

“मेस्सी र क्रिस्टियानो जस्तै प्रतिष्पर्धा गर्ने खेलाडीहरु एमबाप्पे र बेलिङहम हुन् भन्ने मलाई लाग्छ। उनीहरू दुवैमा हालाण्ड भन्दा धेरै प्राविधिक गुणस्तर छ।”,क्यापेलोले भने।

क्यापेलोले एमबाप्पे र बेलिङहमसंग धेरै कौशलता रहेको दावी गरे। उनका अनुसार एमबाप्पे र बेलिङहम गोल गर्ने र ड्रिब्लिङ गर्ने दुवै मामलामा रहेको छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *