September 20, 2024

एजेन्सी – बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले साउदी प्रो लिगमा विश्वकै उत्कृष्ट लिग बन्ने सम्भावना रहेको बताएका छन्। एक कुराकानीका क्रममा लुकाकुले आउने समयमा साउदी लिग विश्वकै उत्कृष्ट मद्ये एक बन्ने उच्च सम्भावना रहेको बताएका हुन्।

बेल्जियमको एक मिडियासँगको कुराकानीका क्रममा लुकाकुले ठूला खेलाडी भित्र्याउन साउदीले धेरै प्रयास गरिरहेको र त्यहाँका टोली र फुटबलको गुणस्तरमा उल्लेख्य सुधार भइरहेको बताए।

“अबको दुई वर्षमा, म साउदी प्रो लिग विश्वको उत्कृष्ट मध्ये एक बन्ने देख्छु। साउदी क्लबहरुले ठूला खेलाडी भित्र्याउन धेरै प्रयास गरिरहेका छन्। फलस्वरूप टोली र फुटबलको गुणस्तरमा उल्लेख्य सुधार भइरहेको छ”,लुकाकुले भने।

त्यस्तै लुकाकुले आफू साउदीमा खेल्ने सम्भावना रहेको बताउन पनि छुटाएनन्। उनलाई कुनै दिन साउदी प्रो लिगमा खेल्ने सम्भावना छ भनेर प्रश्न गरिँदा उनले त्यसलाई सहर्सै स्वीकार गरे।

गत हप्ता, साउदी प्रो लिगमा अल नासरबाट खेल्ने क्रिस्टियानो रोनाल्डोले पनि साउदी लिगले प्रगति गरिरहेको बताएका थिए। उनले साउदी लिग फ्रेन्च लिग भन्दा उत्कृष्ट रहेको दावी नै गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *