September 19, 2024

एजेन्सी – विभिन्न मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने फ्रेन्च स्टार किलियन एम्बाप्पेले रियल म्याड्रिडसंग उच्च पारिश्रमिक डिमाण्ड गरेका छन्।

पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने भनेर चर्चा गरिएका एम्बाप्पेले रियलसंग उच्च पारिश्रमिक माग गरेका हुन्। साथै उनले ट्रान्सफर बोनसको रुपमा ठूलो रकमको माग पनि गरेको बताइएको छ।

एम्बाप्पेले रियलसंग वार्षिक ७० मिलियन युरो पारिश्रमिक र १ सय २५ मिलियन युरो ट्रान्सफर बोनसको माग गरेको युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले दावी गरेका छन्।

एम्बाप्पेलाई रियलले उनले माग गरेको आधा मात्र पारिश्रमिक तिर्न चाहेको जर्मन पत्रिका विल्डले जनाएको छ। उता पिएसजी भने एम्बाप्पेलाई रेकर्ड पारिश्रमिक दिन तयार छ।

खबरका अनुय्सर पिएसजीले एम्बाप्पेलाई १ सय मिलियन पारिश्रमिक सहितको नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी गरिरहेको छ। मात्र एक वर्ष सम्झौता थप गर्दा एम्बाप्पेले १ सय मिलियन युरो पारिश्रमिक पाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *