September 20, 2024

एजेन्सी – अर्जेन्टिनी युवा खेलाडी क्लाउडियो इचेभेरी भित्र्याउन प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सफल भएको छ। युरोपक धेरै क्लबलाई पछि पार्दै सिटी इचेभेरीलाई भित्र्याउन सफल भएको हो।

अर्जेन्टिनाका युवा मिडफिल्डरका लागि सिटीले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई साढे १४ मिलियन युरो ट्रान्सफर शुल्क तिर्ने गरी सम्झौता भएको बताइएको छ।

ट्रान्सफर बजारमा जानकार फब्रिजियो रोमानोका अनुसार इचेभेरीको प्रदर्शनका आधारमा सिटीले प्लेटलाई थप ९ मिलियन युरो अतिरिक्त शुल्क पनि तिर्नेछ।

इचेभेरीले सन् २०२८ सम्मका साढे चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। सिटीसंग सम्झौता गरिसकेपनि उनी केहि समय भने अर्जेन्टिनामै रहनेछन्।

उनी यस सिजनको अन्त्यपछि सिटी आउनेछन्। उनले अहिले सम्म रिभर प्लेटका लागि ६ खेल खेलिसकेका छन्। मात्र १८ वर्षका आक्रमणकारी मिडफिल्डर गोल गर्ने राम्रो क्षमता राख्छन्। साथै उनी नेतृत्व गर्न पनि सक्षम छन्।

उनकै नेतृत्वमा अर्जेन्टिना यू-१७ विश्वकपको सेमिफाइनल सम्म पुगेको थियो। उनले क्वार्टरफाइनलमा ब्राजिललाई ३-० ले हराउँदा ह्याट्रिक गरेका थिए।

तेस्रो स्थानको प्लेअफमा हार्दा अर्जेन्टिना चौथो स्थानमै सीमित बनेको थियो। उनले यू-१७ विश्वकपमा पाँच गोल गरेका थिए। उनलाई युरोपका धेरै क्लबले भित्र्याउन चाहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *