September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले क्लब छाड्ने भएका छन्। लामो समय देखि लिभरपुलको प्रशिक्षक रहेका क्लोपले यस सिजनको अन्त्यसंगै लिभरपुल छाड्ने भएका हुन्।

क्लोपले यस सिजनको अन्त्यमा क्लब छाड्ने भएको बारे क्लबले नै सामाजिक संजाल मार्फत जानकारी गराएको छ। लिभरपुलका अनुसार सिजन सकिनु भन्दा अगाडी नै क्लोपले आफ्नो निर्णय बारे जानकारी गराएका छन्।

क्लोप सन् २०१५ को अक्टोबरमा लिभरपुल आइपुगेका थिए। त्यसबेला लयबया बाहिर रहेको टोलीलाई उनले क्रमिक रुपमा लयमा फिर्ता ल्याएका थिए।

उनकै नेतृत्वमा लिभरपुल विश्वकै उत्कृष्ट मद्ये एक क्लबको रुपमा अगाडी बढेको थियो। उनी प्रशिक्षक हुँदा लिभरपुलले पछिल्ला वर्षहरुमा क्लब स्तरीय रुपमा सम्पूर्ण उपाधि जितेको छ।

उनले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप, एफए कप, इएफएल कप, कम्युनिटी शिल्ड जस्ता उपाधि जिते।

लिभरपुल यस सिजन पनि विभिन्न उपाधिहरु जित्ने दौडमा छ। लिभरपुल अझै प्रिमियर लिग, एफए कप, इएफएल कप र युरोपा लिग उपाधि होडमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *