September 20, 2024

एजेन्सी – साउदी शाही परिवारका राजकुमार अब्दुल्लाह साद अब्दुलअजीज अल साउदले साउदीमा थप स्टारहरुको आगमन हुने दावी गरेका छन्। एक कुराकानीका क्रममा अल साउदले साउदीमा थप फुटबल स्टारहरुको आगमन हुने दावी गरेका हुन्।

आफूहरुसंग क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा जस्ता स्टार रहेको उल्लेख गर्दै आगामी समयमा थप स्टारहरु पनि साउदी क्लबहरुमा आवद्ध हुने उनले बताए।

साउदीमा बलियो च्याम्पियनशिप रहेको उनको दावी छ। आगामी समयमा साउदी लिगले सबैलाई आश्चर्यचकित पार्ने उनले बताए। त्यसक्रममा उनले साउदी अरेबियाले फुटबलमा नम्बर एक राष्ट्र बन्ने योजना बनाएको बताउन पनि छुटाएनन्।

“हामीसँग क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा छन्। हामीसँग बलियो च्याम्पियनशिप छ, र हामी फेरि आश्चर्यचकित पार्ने छौँ। थप स्टारहरू आउनेछन्। साउदी अरेबियाले फुटबलमा नम्बर एक राष्ट्र बन्ने योजना बनाएको छ।”,उनले भने।

सन् २०२३ को सुरुवातमा रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका थिए। उनको आगमन पश्चात धेरै स्टार खेलाडीहरु साउदी पुगिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *