September 20, 2024

एजेन्सी – हालको अवस्थामा साउदी क्लब अल इत्तिहादका फ्रेन्च स्टार करिम बेन्जेमा युरोप फिर्ता हुने न्यून सम्भावना रहेको थाहा हुन आएको छ। ट्रान्सफर मार्केटक भरपर्दा जानकार फाब्रिजियो रोमानोले बेन्जेमा युरोप फिर्ता हने सम्भावना न्यून रहेको बताएका हुन्।

रोमानोका अनुसार हालको अवस्थामा बेन्जेमा युरोप फिर्ता हुन अहिलेको अवस्थामा धेरै कठिन छ। बेन्जेमाको उच्च पारिश्रमिकका कारण उनको युरोप फिर्ति असम्भव जस्तै रहेको रोमानोको भनाई छ।

“करिम बेन्जेमाको सन्दर्भमा अहिलेसम्म केही परिवर्तन भएको छैन। अहिलेको अवस्थामा बेन्जेमा युरोप फिर्ता हुने सम्भावना लगभग छैन।”,रोनाल्डो भन्छन्।

युरोप फिर्ता हुने हो भने बेन्जेमाले पारिश्रमिकमा भारी कटौती गर्नु पर्ने र हालका लागि त्यस्तो हुने सम्भावना नदेखिएको रोमानोले बताए। साथै साउदीले पनि बेन्जेमालाई अहिले अन्यत्र जान दिने सोच नबनाएको रोमानोले स्पष्ट पारे।

उनले भने,”बेन्जेमा युरोप फर्किने एउटै तरिका भनेको पारिश्रमिकमा ठूलो कटौती हो। तर अहिले हो हुने देखिँदैन। साउदी लिगका मालिकहरू पूर्ण रूपमा बेन्जेमा साउदीमा रहुन् भन्ने चाहन्छन्। अहिले सबै शान्त छ, त्यसैले हेरौँ के हुन्छ।”

बेन्जेमा २०२३ को समरमा रियल म्याड्रिडबाट अल इत्तिहादमा सामेल भएका थिए। उनले एसपीएल टोलीका लागि २० खेलमा १२ गोल गरेका छन् भने ५ असिस्टको योगदान दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *