September 20, 2024

एजेन्सी – प्रिसिजनको मैत्रीपूर्ण खेलका लागि आज राति मेजर सकर लिग क्लब इन्टर मियामी एक्सनमा उत्रन लागेको हो। साउदी अरेबिया भ्रमणमा रहेको मियामी आज एक्सनमा उत्रन लागेको हो।

मियामीले आज राति साउदी प्रो लिग लिडर अल हिलालको सामना गर्नेछ। अल हिलाल र मियामी बीचको खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

मेस्सी खेल्ने सम्भावना कति ?

आजको खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पक्कै पनि खेल्नेछन्। मेस्सीका अलावा लुइस सुआरेज पनि अल हिलाल विरुद्ध मैदानमा उत्रनेछन्। बार्सिलोनाका दुई पूर्व खेलाडी मैदानमा उत्रँदा अर्का बार्सा पूर्व खेलाडी नेयमार भने आज खेल्ने छैनन्।

नेयमार गत समर ट्रान्सफर विन्डोमा अल हिलाल पुगेका थिए। तर चोटका कारण उनी लामो समय देखि मैदान बाहिर छन्। अल हिलाल साउदी प्रो लिगको शिर्ष स्थानमा रहेको क्लब हो।

हिलाल पक्कै पनि मियामीको चुनौतीलाई पाखा लगाउने योजनामा हुनेछ भने मियामी प्रिसिजनको पहिलो जितको खोजिमा हुनेछ। प्रिसिजनका यस अगाडीका दुई खेल मध्ये एक खेलमा मियामीले हार बेहोरेको थियो भने एक खेलमा बराबरीमा रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *