September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका वर्तमान प्रशिक्षक जाभीले क्लब छाड्ने तय भइसकेको छ। केहि दिन अगाडी मात्र जाभीले यस सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरेका थिए।

जाभीले क्लब छाड्ने भइसकेपछि अब बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा जुटिसकेको छ। विभिन्न खेल मिडिया तथा खेल पत्रकारहरुका अनुसार बार्सिलोनाले सम्भावित प्रशिक्षकहरुको सूची बनाउन सुरु गरिसकेको छ।

यसैबीच पत्रकार क्रिश्चियन फाल्कले बार्सिलोनाको नजरमा बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक हान्सी फ्लिकमा रहेको बताएका छन्। बार्सिलोनाले केहि प्रशिक्षकहरुको सूची बनाएको र सो सूचीमा फ्लिक पनि रहेको फाल्कको भनाई छ।

फ्लिकले आफ्नो बायर्न म्युनिख कार्यकालमा च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप, बुन्डेसलिगा र अन्य ट्रफीहरू जितेका थिए। उनको नेतृत्वमा बायर्नले सन् २०२० मा ट्रेबल जितेको थियो।

सन् २०२० मा बार्सिलोना र बायर्न बीच च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भेट भएको थियो। त्यसबेला बायर्नले बार्सिलोनालाई ८-२ को गोल अन्तरले पराजित गरेको थियो।

सो टोलीको प्रशिक्षक फ्लिक थिए। अब उनै फ्लिकलाई बार्सिलोनाले क्लबको जिम्मेवारी दिन सक्छ। तर उनले बार्सिलोनाको जिम्मेवारी सम्हाल्न्छ्न् कि सम्हाल्दैनन् भन्ने कुरा भने समयले नै बताउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *