September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाक पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की जाभीको बहिर्गमनको पक्षमा छैनन्।

सन् २०२२ को समर ट्रान्सफर विन्डोमा बार्सिलोना आइपुगेका रोबर्ट लेवान्डोस्की जाभीको बहिर्गमनको पक्षमा देखिएको स्पेनबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

रोबर्ट लेवान्डोस्की जाभी क्लबमै रहुन् भन्ने पक्षमा रहेको बताइएको छ। स्ट्राइकरले कथित रूपमा आफ्नो प्रबन्धकको मन परिवर्तन गर्ने प्रयास गरेपनि त्यसमा असफल भएको केहि मिडियाहरुले रिपोर्ट गरेका छन्।

पोलिश स्टार र जाभी बीचको आइतबार कुराकानी भएको रिपोर्ट गरिएको छ। लेवान्डोस्कीसंगको कुराकानीका बाबजुत जाभी आफ्नो निर्णयमा अडिकग देखिएका छन्।

जाभीले लालिगाको पछिल्लो खेलमा हार बेहोरेपछि बार्सिलोनाको प्रशिक्षक पद छाड्ने घोषणा गरेका थिए। भिल्लारियल विरुद्धको खेलमा घरेलु मैदानमै हार बेहोरेपछि जाभीको यस्तो निर्णय बाहिर आएको हो।

क्लबले पनि जाभीको निर्णयको सम्मान गर्ने निर्णय गरिसकेको छ। बार्सिलोनाले अहिले देखि नै जाभीको स्थान लिन सक्ने प्रशिक्षकको खोजि सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *