September 20, 2024

एजेन्सी – प्रिसिजनको अर्को खेलमा मेजर सकर लिग क्लब इन्टर मियामी पराजित भएको छ। प्रिसिजनका लागि साउदी अरेबिया भ्रमणमा निस्किएको मियामी सोमबार राति पराजित भएको हो।

मियामी साउदी लिग लिडर अल हिलाल विरुद्धको खेलमा ४-३ को गूल अन्तरले पराजित हुन पुग्यो। हिलाल विरुद्धको खेलमा मियामीले न त बलमा राम्रो नियन्त्रण राख्न सक्यो, न त खुलेर आक्रमण गर्न नै।

हिलाल विरुद्धको खेलमा मियामीले बलमा मात्र ३६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर मियामीको तर्फबाट मात्र ७ प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए।

उता हिलालले भने खेलभर १७ प्रहार गरेको थियो। जसमद्ये ७ प्रहार टार्गेटमा थिए। हिलालका लागि अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक-एक गोल गरे।

मियामीका लागि भने अर्जेन्टिनी स्टार लियोनेल मेस्सी, लुइस सुआरेज र डेभिड रुइजले एक एक गोल गरे। त्यसमद्ये मेस्स्सीले गरेको गोल पेनाल्टीबाट आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *