September 20, 2024

एजेन्सी – उरुग्वेली स्टार लुइस सुआरेजले इन्टर मियामीको जर्सीमा पहिलो गोल गरेका छन्। केहि समय अगाडी मात्र मियामी आवद्ध भएका सुआरेजले मियामीका लागि पहिलो गोल गरेका हुन्।

प्रिसिजन मैत्रीपूर्ण खेल अन्तर्गत मियामीले सोमबार राति साउदी क्लब अल हिलालको सामना गर्यो। साउदीमा भएको खेलमा मियामी हिलालसंग पराजित भयो।

तर सो खेलमा मियामीका लागि सुआरेजले गोल गरे। सुआरेजले मियामीका लागि पहिलो हाफमा गोल गरेका हुन्। खेलको पहिलो हाफमा सुआरेजले सानदार गोल गर्दै खाता खोले।

सुआरेजले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए। उनले गरेको गोलले भिएआर समीक्षा पछि मान्यता पायो। सुआरेज मात्र नभई अल हिलाल विरुद्धको खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पनि गोल गरे।

२-१ ले पछि परिसकेको अवस्थामा मेस्सीले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए। उनको गोल पेनाल्टीमा आएको थियो। सोमबार राति मियामी हिलालसंग ४-३ को गोल अन्तरले पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *