September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले सिजनको अन्त्यमा क्लब छाड्ने खबरहरुलाई खारेज गरेका छन्। एक पत्रकार सम्मेलनका क्रममा आर्टेटाले आर्सनल छाड्ने खबरहरुलाई सिधै खारेज गरेका हुन्।

एक पत्रकार सम्मेलनका क्रममा आर्टेटालाई सिजनको अन्त्यमा क्लब छाड्ने भन्दै आएका खबर बारे प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा आर्टेटाले ती सबै खबर झुटो रहेको बताए।

“को, म? होइन। त्यो पूर्णतया झुटो समाचार हो”,आर्टेटाले स्पष्ट रुपमा क्लब छाड्ने भन्दै आएका खबरलाई खारेज गरे। केहि दिन अगाडी केहि स्पेनिस खेल पत्रिकाहरुले आर्टेटाले आर्सनल छाड्ने दावी गरेका थिए।

आर्सनलको प्रशिक्षकबाट राजीनामा दिएर आर्टेटा बार्सिलोना जाने स्पेनिस मिडियाहरुको दावी थियो। तर आर्टेटा आफैंले सो सम्बन्धमा मुख खोलेपछि ती सबै खबर खारेज भए।

बार्सिलोनाका प्रशिक्षक जाभीले यस सिजनको अन्त्य पछि बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्। बार्सिलोनाको निरन्तरको कम्जोर प्रदर्शन पछि जाभीले बार्सिलोना छाड्ने घोषणा गरेका हुन्।

जाभीले क्लब छाड्ने भएपछि बार्सिलोनाले नयाँ प्रशिक्षकको खोजि गर्नु पर्ने भएको छ। यस्तोमा स्पेनिस मिडियाहरुले बार्सिलोनाको जिम्मेवारी आर्टेटाले लिने दावी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *