September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको सामना गर्न आफू तयार रहेको संकेत गरेका छन्।

रोनाल्डोले सामाजिक संजाल मार्फत आफू मेस्सीको इन्टर मियामीको सामना गर्न तयार रहेको संकेत गरेका हुन्। रोनाल्डोले सामाजिक संजालमा आकर्षक र फिट शरीर देखाउँदै आफू खेल्नको लागि तयार रहेको संकेत गरेका छन्।

रोनाल्डो केहि समय अगाडी घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको खबर केहि साता अगाडी आएको थियो। रोनाल्डोको चोटकै कारण अल नासरले चिनियाँ क्लबहरुसंगको मैत्रीपूर्ण खेलहरु स्थगित गरेको थियो।

रोनाल्डोले बिहिबार राति इन्टर मियामी विरुद्धको खेल खेल्ने नखेल्ने पनि कुनै टुंगो थिएन। तर रोनाल्डोले सामाजिक संजाल मार्फत आफ्नो फीट शरीरको तस्विर राख्दै आफू खेल्ने संकेत गरेको सहजै बुझ्न सकिन्छ।

“आशीर्वाद को लागी धन्यवाद”,रोनाल्डोले सामाजिक संजालमा तस्विर राख्दै अरबी भाषामा लेखेका छन्। बिहिबार लामो समय पछि मेस्सी र रोनाल्डो आमने-सामने हँदैछन्।

दुवैले युरोप छाडिसकेको अवस्थामा यी दुई बीच सिधा प्रतिष्पर्धा हुने छाडेको छ। यधपी राष्ट्रिय स्तरमा विश्वकपका क्रममा भने यी दुई बीच भेट हुन सक्छ।

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

Leave a Reply

Your email address will not be published. Required fields are marked *