September 20, 2024

एजेन्सी – साउदी अरेबिया भ्रमणमा रहेको मेजर सकर लिग क्लब इन्टर मियामी बिहिबार एक्सनमा उत्रिँदैछ। साउदी अरेबियामा दोस्रो खेलका लागि मियामी बिहिबार एक्सनमा उत्रन लागेको हो।

मियामीले बिहिबार साउदी क्लब अल नासरको सामना गर्नेछ। बिहिबार साउदी क्लब अल नासर विरुद्धको खेलमा मियामी प्रिसिजनको पहिलो जितको खोजिमा हुनेछ।

मियामीले प्रिसिजनका तीन मैत्रीपूर्ण खेल मद्ये कुनै पनि खेलमा जित निकाल्न सकेको छैन। नयाँ सिजनको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेलिरहेको मियामी पहिलो खेलमा एल साल्भाडोरसंग बराबरीमा रोकिएको थियो।

त्यसपछि मियामी एफसी डालाससंग पराजित भएको थियो भने यसै साता साउदी क्लब अल हिलालसंग पनि पराजित भएको थियो। बिहिबार अल नासर विरुद्ध मियामी जित निकाल्ने पक्षमा भएपनि सहज भने हुने छैन।

अल नासर साउदी प्रो लिगको दोस्रो स्थानमा छ। जारी सिजनमा अल नासरले निरन्तर उच्च प्रदर्शन गर्दै आएको छ। मियामी र अल नासर बीचको खेल बिहिबार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *