September 20, 2024

एजेन्सी – कतार विश्वकप २०२२ मा सेमिफाइनल सम्म पुगेको मोरक्को अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ। मोरक्को आइभरी कोस्टमा जारी प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको हो।

अन्तिम १६ मा दक्षिण अफ्रिकासंग पराजित हुँदा क्वाटरफाइनल पुग्ने मोरक्कोको सपना चकनाचुर बन्यो। मंगलबार राति भएको खेलमा मोरक्को दक्षिण अफ्रीकासंग २-० को गोल अन्तरले पराजित भयो।

बलमा राम्रो नियन्त्रण राखेपनि गोलमा चुक्दा मोरक्कोको अफ्रिकन कपको यात्रा टुंगियो । पहिलो हाफमा दक्षिण अफ्रिकालाई गोल रहित बराबरीमा रोकेपनि मोरक्कोले दोस्रो हाफमा गोल बेहोर्यो।

दक्षिण अफ्रिकाका लागि माकगोपाले ५७ मिनेट र मोकोइनाले दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा गोल गरे। मोरक्कोका अर्च्रफ हाकिमीले पेनाल्टी गोल गर्दै खेललाई बराबरीमा ल्याउने अवसर गुमाए।

खेलको ८५ औं मिनेटमा उनले प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेको थियो। मोरक्को अफ्रिकाको शीर्ष वरीयताको टोली रहेको छ। मोरक्कोले विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल जस्तो टोलीलाई पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *