September 20, 2024

एजेन्सी – प्रिमियर लिग लिडर लिभरपुलले बुधबार राति सानदार जित निकालेको छ। गएको केहि समय देखि प्रिमियर लिगको शिर्ष स्थानमा रहँदै आएको लिभरपुलले बुधबार राति सानदार जित निकालेको हो।

बुधबार राति लिभरपुलले चेल्सीलाई ४-१ को गोल अन्तरले पराजित गर्यो। घरेलु मैदान एन्फिल्डमा भएको खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा २ दुई गोल गर्दै चेल्सीको चुनौतीलाई सहजै पाखा लगायो।

खेलको २३ औं मिनेटमै लिभरपुलले अग्रता लिएको थियो। डिएगो जोटाले कोनर ब्राड्लीको पासमा गोल गरेका थिए। त्यस्तै खेलको ३९ औं मिनेटमा कोनर ब्राड्लीले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

खेलको ६५ औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल डोमिनिक सोबोस्लाईबाट आयो। खेलको ७१ औं मिनेटमा चेल्सीका लागि एक मात्र गोल क्रिस्टोफर एनकुन्कुले गरे।

खेलको ७९ औं मिनेटमा लिभरपुलले चौथो गोल गर्यो। सो गोल लुइस दियाजले गरेका थिए। यस जितसंगै लिभरपुलले प्रिमियर लिगमा ५१ अंक बनाएको छ।

लिभरपुल यस सिजन मात्र एक खेलमा पराजित भएको छ। बुधबार राति नै जित निकालेको म्यानचेस्टर सिटी लिभरपुल भन्दा ५ अंकले पछाडी छ। त्यस्तै चेल्सी ३१ अंक सहित १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *