September 20, 2024

एजेन्सी – प्रिमियर लिग उपाधि जित्ने अभियानमा रहेको लिभरपुललाई ठूलो बुस्ट मिलेको छ। लामो समय देखि मैदान बाहिर रहेका भेट्रान खेलाडी प्रशिक्षणमा फर्किएसंगै लिभरपुललाई ठूलो बुस्ट मिलेको हो।

लिभरपुलका स्पेनिस भेट्रान मिडफिल्डर थियागो अल्कान्टारा झन्डै एक वर्ष पछि क्लबको प्रशिक्षणमा फर्किएका छन्। मैदानमा फिर्ता हुनको लागि थियागो अल्कान्टारा लिभरपुलको पछिल्लो प्रशिक्षणमा सहभागी भए।

आर्सनलको सामना गर्नु अगाडीको प्रशिक्षण सेसनमा उनी सहभागी भएका थिए। यधपी तत्काल नै उनी मैदान भने फिर्ता हुने छैनन्। मुख्यतः आर्सनल विरुद्धको खेलका लागि मैदान फिर्ता हुन उनले अनुमति पाइसकेका छैनन्।

तर आगामी समयमा भने पक्कै उनले फिर्ता गर्नेछन्। स्पेनिस मिडफिल्डरले कम्मरको समस्या पछि शल्यक्रिया गराएका थिए। लामो समय आराम गरेपछि उनी क्रमिक रुपमा फुटबलमा सक्रिय हुँदै गएका छन्।

आइतवार आर्सनल विरुद्ध लिभरपुलको भिडन्त मिडफिल्डरको लागि धेरै चाँडो हुन सक्छ तर यो आशा गरिएको छ कि उनी आगामी साता हुने बर्नली विरुद्धको खेलका लागि उपलब्ध हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *